शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि वर्तमान गृहमन्त्री रमेश लेखकसम्म छानविन हुनुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भिजिट भिसा प्रकरणमा भएको मानव तस्करी जघन्य अपराध रहेको र यसमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका हुन् ।

‘अहिलेका गृहमन्त्रीको मात्र कुरा होइन यो । लामो समयदेखि यो यिनीहरुको अपराध, कुकर्म भइराखेको छ । हरेक गृहमन्त्रीहरुलाई छानविनमा ल्याउनुपर्छ । यो आजको मात्रै मुद्दा होइन । २०६४ सालदेखिको मुद्दा हो । पहिलो गृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि लिएर अहिलेका गृहमन्त्री रमेश लेखकसम्मलाई छानविनको दायरामा ल्याउनुपर्छ भनेर हामीले माग राखेका छौं,’– उनले भने ।

यो देशमा रोजगारी पनि नदिने, रोजगारीका लागि विदेश जानेलाई पनि बेचिदिने यो भन्दा ठूलो अपराध हुन नसक्ने उनले बताए । ‘यो आजबाट भएको होइन, झण्डै १८ वर्षदेखि यो बिजनेश, यो अपराध भइराखेको छ । यो अपराधको छानविन गरौं भनेर हामीले निरन्तर माग राखिराखेका छौं । त्यही मागअन्तर्गत संसद्मा गतिरोध हुँदाहुँदै, संसद् चल्दाचल्दै संसद्मा विरोधका वाबजुद पनि संसद् चलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिस्कार गरेको थियो,’– उनले भने ।

आज संसद् रोकेर सभामुख देवराज घिमिरेले छलफलमा राखेको र भोलि पनि छलफलको कुरा अगाडि बढ्ने र भिजिट भिसा प्रकरणमा कसैलाई उन्मुक्ति दिन नहुने बताए । उक्त प्रकरण जघन्य अपराध रहेको बताउँदै उनले कसैले पनि गिभ एण्ड टेकको नीतिअनुसार अगाडि बढ्न नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP