मंगलबार , असार ३, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ल्याउने राजनीतिक दल र नेताहरु नै सर्वसत्तावादतर्फ लागेको टिप्पणी गरेका छन् । आज (सोमबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संसदीय अभ्यासमा एक जना सांसद्ले अवरोध गर्दासमेत बैठक सञ्चालन नगर्ने प्रचलन रहेकोमा सभामुखले दुई महत्वपूर्ण दलहरुले विरोध जनाइरहँदा पनि पेलेरै संसद् बैठक सञ्चालन गरिरहेको बताएका हुन् । उनले प्रणालीको विकास भए पनि व्यवहारमा परिवर्तन नआएको बताए ।

‘यहाँ कसको धेरै सिट, कसको थोरै सिट भन्ने हुँदैन । एक सिटको पनि उत्तिकै महत्व हुन्छ र सबैको विचारलाई बराबर सम्बोधन गरिनुपर्ने प्रणाली चाहिँ निर्माण गरियो । तर, त्यो प्रणाली ल्याउने ठूला राजनीतिक दलहरुको सोच चाहिँ सर्वसत्तावादी सोच भयो । प्रणाली र व्यवहारमा धेरै अन्तर भइराखेको छ,’– उनले भने ।

बजेटको छलफलमा भाग लिने परिस्थिति नै सभामुख देवराज घिमिरेले नबनाएको उनले बताए । संसदीय मर्यादा र परम्परामा संसद अवरुद्ध भइराखेको बेलामा अथवा कुनै पनि सांसदले उठेर आफ्नो असहमति जनाइराखेको बेलामा संसद् अवरुद्ध मानिने उनले भनाइ छ । सभामुख घिमिरेले संसद् अवरोधलाई समाधान गर्नुको साटो भद्रगोल तरिकाले अगाडि बढाएको उनले बताए । सहजरुपमा सदन सुचारु हुने अवस्था नबनेसम्म राप्रपाले बैठक बहिस्कार गर्ने पनि उनले बताए ।

‘अहिले दुईवटा महत्वपूर्ण राजनीतिक दलहरुले भिजिट भिसाजस्तो महत्वपूर्ण विषयमा फरक दृष्टिकोण राखिराखेको र आफ्नो आवाज उठाइराखेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समस्या समाधानतर्फ लाने प्रयास सभामुखले गर्नुको बदला संसद् भद्रगोल तरिकाले अगाडि बढाइराख्नुभएको छ, कर्मकाण्डतर्फ लगिराख्नुभएको छ । त्यो संसदीय मर्यादा, परम्पराको विपरीत काम भएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीैले त्यस्तो अवस्थामा बैठकमा सहभागी भइराख्नु अनुचित ठानेर त्यो अनुचित कार्यमा सहभागी नहुने निर्णय गरेर संसद् बैठक बहिस्कार गर्ने निर्णय गरेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 137 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP