शनिबार , जेठ ३२, २०८२

उपभोक्ता समितिसँग बुझेको कमिसन श्रीमती र स्वकीय सचिवको खातामा राखेको आरोपमा मधेस प्रदेशसभाका सदस्य सरोजकुमार सिंहलाई अख्तियारले नियन्त्रणमा लिएको छ।

अख्तियारले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाइ उपभोक्ता समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाइ आफ्नो, श्रीमती र स्वकीय सचिवकै बैंक खातामा राखेर सरकारी रकम दुरुपयोग गरेको पाइएपछि साँझ ६ बजेर ३ मिनेट जाँदा पक्राउ गरेको जनाएको छ।

सिंहलाई अख्तियारको टोलीले बिहीबार काठमाडौँको रत्नराज्य विद्यालय क्षेत्रबाट पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ परेका सिंहमाथि थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 113 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP