शनिबार , भाद्र १३, २०८३

राजासंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई पुनर्गठन गरिने भएको छ ।

नवराज सुवेदी नेतृत्वको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने उक्त समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए । राजसंस्थाको पक्षमा रहेका अन्य दलका नेताहरु समेत सहभागी गराएर समितिलाई पुनर्गठन गरिने नेपालले अनलाइनखबरसँग बताए ।

‘कांग्रेस, एमाले, माओवादी, जनमुक्ति सेना, सीपी मैनालीहरु धेरै जनाले आउन चाहनु झएको छ । युवाले कार्यक्रम बनाएर त्रियाशील ढंगले आन्दोलन बढ्छ,’ नेपालले भने, ‘समितिको नेतृत्व अब युवाले गर्नेछन् । युवाहरुले बनाएको कार्यक्रम बुढाहरुले मान्नुपर्दछ । नमान्ने हो भने सल्लाहकारमा राखिन्छ ।’

गत साता सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा होहल्ला भएपछि राजावादीहरु निष्कृय भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै होहल्ला भएपछि सुवेदीले बैठक स्थगित गरेका थिए ।

थापा पक्षले बैठक कक्षमा पत्रकारहरुलाई प्रवेश गराएको र सवालजवाफ हुँदा त्यहीकारण बैठक पनि बिथोलिएको आरोप कतिपय राजावादी नेताहरुले लगाएका छन् । नेपाल भन्छन्, ‘बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुङ्ग पारे । जनभावनालाई तुहाउन प्रयास गरे ।’

राजावादी ४४ संगठनले गर्ने भनिएको अनिश्चितकालिन आन्दोलन बिचमै अलपत्र परेको छ । सामूहिक रुपमा आन्दोलन अघि बढ्न नसक्नुमा नेताहरुले एकअर्को पक्षलाई आरोप लगाउँदै आएका छन् ।

पटक–पटक टुट्दै र जुट्दै गरेका राजावादीहरूलाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन भनेका थिए । त्यसपछि कमल थापा र राजेन्द्र लिङ्देन लगायत पुराना राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए ।

उनीहरुले ४ चैतमा ८६ वर्षीय सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति घोषणा गरेका थिए । १५ चैतमा तीनकुनेमा गरेको पहिलो कार्यक्रम नै हिंसात्मक बनेको थियो । त्यसपछि मुलुकमा गणतन्त्र आएको दिन १५ जेठको छेको पारेर नै पुन: शान्तिपूर्ण आन्दोलन सुरु भएको थियो । तर अहिले त्यो आन्दोलन निष्कृय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP