
गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीसम्बन्धी नागरिकताको विधेयक ड्राफ्ट भइसकेको स्पष्ट पारेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले भने,‘गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको जुन संविधानको भावना छ, त्यो अनुसार गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ। विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि पनि गइसकेको छ। त्यसलाई सरकारले चाँडै क्याबिनेटको सहमतिका साथ सदनमा ल्याउँछ ।
File photo