मंगलबार , असार १६, २०८३

भिजिट भिसा प्रकरणलाई लिएर अहिले सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी नै चलिरहेको छ । प्रतिपक्षी दलहरुले भिजिट भिसाको नाममा मानव बेचविखनको काम भएको र सो कार्यमा गृहमन्त्री रमेश लेखकको सचिवालयसमेत मुछिएको आरोप लगाउँदै आएको छ । अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि भिजिट भिसा प्रकरण छरपष्ट भएको हो ।

अध्यागमनका (निलम्बित) प्रमुख भट्टराईले आफूले दैनिक ५० लाख माथि बुझाउने गरेको भनी बयान दिएको समेत चर्चा छ । सोही प्रकरणलाई लिएर अहिले प्रतिपक्षले सदन अवरोध गरिरहेको छ । गृहमन्त्रीले पदबाट राजीनामा दिएर भिजिट भिसा प्रकरणको सत्यतथ्य छानविनमा सहयोग गर्नुपर्ने प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुको अडान रहँदै आएको छ ।

लेखक गृहमन्त्री भएको साढे १० महिनाको अवधिमा नेपालबाट २ लाख ३८ हजारभन्दा बढी मानिसहरु भिजिट भिसामा विदेश गएका छन् । यद्यपि भिजिट भिसामा विदेश गएकाहरु कति फर्किए र कति उत्तै अवैध तरिकाले बसिरहेका छन् भन्ने तथ्याङ्क राज्यले सार्वजनिक गरेको छैन । उनीहरुसँग पैसा लिएर भिजिट भिसामा पठाइएको आरोप छ । देश हेरेर ५० हजारदेखि ३ लाखसम्म एक व्यक्तिबाट उठाउने गरिएकोसमेत चर्चा चुलिएको छ ।

यद्यपि, भिजिट भिसामा लेखक गृहमन्त्री भएपछि मात्रै मानिसहरु विदेश जान थालेका भने होइनन् । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँढा १ वर्ष ७ महिना १४ दिन गृहमन्त्री भएको बेलामा २ लाख ४३ हजार नेपालीहरु भिजिट भिसामा विदेश गएका थिए । रवि लामिछाने पहिलो पटक एक महिना २ दिन गृहमन्त्री हुँदा २२ हजार २ सय ५८ जना र दोस्रो पटक ४ महिना ९ दिन गृहमन्त्री हुँदा ९३ हजार ९ सय ५३ गरी लामिछाने ५ महिना १० दिन गृहमन्त्री हुँदा १ लाख १६ हजार २ सय ११ जना नेपाली भिजिट भिसामा विदेशिएका थिए ।

त्यस्तै, त्यहीबीचमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३ दिन गृहमन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दा २ हजार ५ सय ६० जना र नारायणकाजी श्रेठ ११ महिना ५ दिन गृहमन्त्री हुँदा २ लाख १७ हजार ७ सय ७७ जना भिजिट भिसामा विदेशिएका थिए । सबै भिजिट भिसालाई मानव तस्करीसँग जोडेर व्याख्या गर्न नहुने कानुनविदहरुको तर्कसमेत रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP