शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले मोहम्मद अफताब आलमलाई ६ महिनाको लागि गृहमन्त्री बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले विगतमा आलमको बारेमो टिप्पणी गर्र्दै ‘जिउँदो मान्छेलाई इटाभट्टामा हालेर जलाउने आलमलाई हामीले थुन्यौं’ भनेको स्मरण गराए । अहिले तिनै आलमलाई अदालतले सफाइ दिइसकेको भन्दै उनले अब गृहमन्त्री बनाउँदा उपयुक्त हुने भन्दै व्यङ्ग्य गरेका हुन् ।

‘प्रधानमन्त्री केपी ओली शर्माले आफू सरकारमा हुँदाखेरी जिउँदै इटाभट्टामा मान्छे जलाएर मार्नेलाई मैले थुनामा राखेको भनी अहिले विभिन्न मिडियामा आइराखेको छ । अब त अदालतले सफाइ दिइसकेको छ अफ्ताबजीलाई । अब ६ महिनाको लागि गृहमन्त्रीमा अफ्ताबजीलाई नै बनाउन बाँकी छ । त्यो पनि देखाइदिनुस् न । साढे २ वर्षपछि हामी चुनाव लडेर त्यो बेलामा बहुमत ल्याएर सरकार बनाउँला,’– उनले भने ।

आलमविरुद्ध गत २०६४ संविधान सभाको निर्वाचनको बेला २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप थियो । २०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएकोमा न्यायाधीश मातृका प्रसाद आचार्यको एकल इजलासले प्रतिवादी आलमलगायतलाई जन्मकैदको सजाय सुनाएको थियो । व्यक्ति हत्या प्रकरणमा जिल्ल अदालतबाट दोषी ठहर भएका आलमलाई गत जेठ १४ गते उच्च अदालत जनकपुर वीरगञ्ज इललासले सफाइ दिएको थियो ।

नेता सिंहले अहिले देशका अराजकता बढ्दै गएको भन्दै अब यही व्यवस्था कायम रहेको खण्डमा देश डुब्ने सुनिश्चित रहेको बताए । ‘आज जुन तरिकाबाट यो देश ड्राइभ भइराखेको छ, त्यो राष्ट्र डुब्ने सुनिश्चित भइसकेको छ । यो अब कसले बचाउने भन्नुस् त ?’ प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP