मंगलबार , असार १६, २०८३

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् । आज (बुधबार) पत्रकार सम्मेृलन गर्दै उनले एक कर्मचारी जोडिएको प्रकरणमा आफूलाई जोडेर अन्याय गरिएको बताएका हुन् । अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अख्तियारको नियन्त्रणमा रहेका भट्टराईले गृहमन्त्रालयलाई दैनिक रुपमा ५० लाख बु्झाउने गरेको बयान दिएका थिए ।

ृगृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले उक्त अनुसन्धानको निष्कर्ष सबैले स्वीकार गर्नुपर्ने बताए । उनले पत्रकारहरुलाई आफ्नो बारेमा समाचार लेख्दा न्याय गरिदिनसमेत आग्रह गरे । उनले पत्रकारहरुबाट आफूले न्यायको अपेक्षा गरेको बताए ।

‘यहाँहरु आइदिनुभयो, धैर्यतापूर्वक मेरा कुराहरु सुनिदिनुभयो । यसलाई तदनुरुप विवेचना गरेर तपाईँहरुले मेराप्रति न्याय गरिदिनुहुनेछ भन्ने आशा गरेको छु । किनभने मैले अघिनै निवेदन गरिसकेँ । अन्याय त कसैले पनि ब्यहोर्नुभएन नि । तपाईँहरुबाट मैले न्यायको अपेक्षा गरेको छु । अन्याय त कसैले पनि व्यहोर्नुभएन नि । त्यसकारण तपाईँहरुबाट मैले न्यायको पनि अपेक्षा गरेको छु । कुनै पनि मानिस अन्यायमा पर्न हुँदैन । गर्दै नगरेको काम जबरजस्ती तैले गरेको होस् भन्ने कुराले हामीलाई ठीक ठाउँमा पुर्याउँदैन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP