मंगलबार , असार १६, २०८३

सालमा उनी कैद मुक्त भएका थिए ।

प्रहरीका अनुसार असल चालचलन रहेको भन्दै संविधान दिवसको दिन कैद मिनाह पाएर छुटेका उनै कोइरालाले पूर्वपत्नीसहित दुई छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

छुटेपछि पूर्वपत्नी र २ छोरीको हत्या

दाइको हत्या गरेकै साल २०६९ मा कोइरालाले दीपा बस्यालसँग विवाह गरेका थिए । उनीसँग विवाह गरेको केही समयमै दाइको हत्या अभियोगमा जेल गए । बिहे गरेलगत्तै जेलपछि दीपा र सुजनको वैवाहिक सम्बन्ध पनि लामो समय गएन ।

प्रहरीका अनुसार उनीहरूले २०७२ मा सम्बन्ध बिच्छेद गरे । त्यसपछि दीपाले दोस्रो विवाह गरिन् । दोस्रो श्रीमान् पक्षबाट दीपाले दुई छोरीको जन्म दिएकी थिइन् । अहिले जेठी छोरी स्नेहा ७ वर्ष र कान्छी छोरी हिमानी ४ वर्षका भएका थिए ।

तर उनीहरू तीनै जना (दीपा र दुई छोरी) को पूर्वपती सुजनले निमर्मतापूर्वक हत्या गरे । प्रहरी स्रोतका अनुसार दीपा र सुजन पछिल्लो समय भने नजिकिएका थिए । हत्याको अघिल्लो दिनभरि उनीहरूले घुमघाम गरेको प्रहरी स्रोत बताउँछ ।

अनि त्यसराति दीपा र उनका दुई छोरीलाई आफ्नै घरमा बस्न भनेपछि सबै जना सुजनको घरमा बसेका थिए । तर बिहानीपख ४ बजेतिर भने सुजनले तीनै जनाको हत्या गरेको पाइएको प्रहरीले बताएको ।

तीनै जनालाई घाँटीमा चक्कु प्रहार गरेको देखिएको प्रहरीले बताएको छ । घाँटीमा चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएपछि ह्याम्बरले टाउकामा समेत प्रहार गरेको देखिएको प्रहरीले बताएको छ ।

हत्या गरेको सुजनले स्वीकार पनि गरेका प्रहरीले बताएको छ । हत्यापछि उनी घरबाटै कतै नभागी घरमै बसेका थिए । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

हत्या किन गरे भन्नेबारे अहिलेसम्म यकिन कारण भने खुलिनसकेको एसपी क्षेत्री बताउँछन् । ‘हत्या स्वीकारेका छन् । तर के कारणले हत्या भयो भन्ने खुल्न बाँकी छ’ एसपी क्षेत्री भन्छन् ।

सुजन अहिले इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् । शव भने पोस्टमार्टम गरेर आफन्तलाई बुझाइने प्रहरीले बताएको छ ।
@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP