मंगलबार , अषोज २७, २०८३

गृहमन्त्री रमेश लेखकले आफ्नोविरुद्धमा नियोजित रुपमा षड्यन्त्र भइरहेको बताएका छन् । उनले भिजिट भिसा प्रकरणमामात्रै नभएर आफनो राजनीतिक र सार्वजनिक जीवनमा कुनै पनि खालका आर्थिक अनियमितता प्रमाणित भएको खण्डमा मन्त्री पदबाट मात्रै नभएर राजनीतिबाटै राजीनामा दिने बताए ।

‘मेराविरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा एउटामात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’– उनले भने ।

आफूमाथि उठेका प्रश्नको जवाफ दिन आगामी जेठ १३ गते प्रतिनिधिसभामा समय माग गरेको उनले बताए । विस्तृत कुरा प्रतिनिधिसभामा नै बताउने उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP