मंगलबार , असार १६, २०८३

राजसंस्था फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियता बढाएका छन् । यसैक्रममा पूर्वराजा ज्ञानेन्द्रले राजावादी नेताहरूसँग विहिबार लन्च मिटिङ गरेका छन् ।

स्रोतका अनुसार काठमाडौंको सोल्टी होटलमा भएको सो भेटवार्तामा ‘संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट सहभागी थिए ।

यस छलफलको केन्द्रमा जेठ १५ गतेदेखि गर्ने भनिएको राजसंस्थाको पक्षको आन्दोलन भएको बुझिएको छ ।

आन्दोलनको दिन नजिक आउदै गर्दा पूर्वराजा ज्ञानेन्द्रले प्रमुख नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजावादी दलहरु राप्रपा, राप्रप्रा नेपाल, राष्ट्रवादी शक्तिसहितका सबै एकै छातामुनि आएर संयुक्त आन्दोलन गर्न लागेकाले पूर्वराजा ज्ञानेन्द्रको चासो बढेको देखिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र १२ दिनसम्म नगरकोटमा बसेर राजावादी नेताहरूसँग छलफल गरेका थिए । उनले राजेन्द्र लिङदेनसहितका नेताहरुलाई यसअघि वैशाख ५ गते पनि भेटवार्ता गरेका थिए ।

यसअघि दुर्गा प्रसाईसँग झुकाव बढाएका पूर्वराजा ज्ञानेन्द्रले गत चैत्र १५ गतेको घटनापछि उनलाई बेवास्ता गर्न लागेको प्रसाई निकटहरुले बताउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP