
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । पछिल्लो समय गभर्नर नियुक्ती प्रक्रियालाई लिएर दुई नेताबीच असमझदारी उत्पन्न भएको चर्चा छ । हिजोमात्रै दुई जनाबीच भेट तय भएरपनि अन्तिममा भेट स्थगित् भएको थियो ।
हिजोको लागि बोलाईएको मन्त्रिपरिषद् बैठकसमेत प्रभावित भएको थियो । कांग्रेसका नेताहरुले गभर्नर नियुक्ती प्रक्रियामा प्रधानमन्त्री ओलीले ढिलाई गरिरहेको आरोप लगाएका छन् । सभापति देउवाले गभर्नरको लागि डा. विश्व पौडेलको नाम अघि सारेका छन् । जसमा प्रधानमन्त्री ओलीको पनि सहमति रहेको बताईन्छ ।
यही सन्दर्भमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच आज भेटवार्त भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको जनाईएको छ । स्वास्थ्यको कारण सदन नजाने भनेका प्रधानमन्त्री ओली बालुवाटारमा भने कांग्रेस सभापति देउवासँग भेटवार्तामा बसेका थिए । आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम थियो । प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यको कारण प्रधानमन्त्री सदन जान नसक्ने भन्दै उक्त कार्यसूचिबाट प्रश्नोत्तर कार्यक्रम हटाईएको छ ।
File Photo