आइतबार , जेठ ५, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहप्रशासन निरंकुश र मण्डलेकरण भइरहेको आरोप लगाएकी छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद कार्कीले सरकार निरंकुश भएको आरोप लगाएकी हुन्।

‘यो सरकार निरंकुश भइरहेको छ । यो सरकार मण्डलेकरण गरिराखेको छ । गृहप्रशासनले आफूलाई मण्डलेकरण गरिराखेको छ,’ उनले भनिन्, ‘संसद्‌भित्र आएपछि मैले के पाएँ भने सभामुख महोदय, यो त ढाँट्ने थलो रहेछ, आत्मसम्मान धितो राख्ने ठाउँ रहेछ। योजस्तो नीरस ठाउँ त केही रहेनछ। बोलिँदो रहेछ, बोलेको कुरा सुनिँदो रहेनछ।’

उनले संविधानको धारा २७० निलम्बन भएको हो भनी प्रश्न गरिन्। सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गरिनु आपत्तिजनक रहेको उनको भनाइ छ। उनले सदनको कुर्सीमा सांसद निदाएको, मन्त्रीहरू भिडियो गेम खेलिरहेको देख्दा सभामुखलाई कस्तो लाग्छ होला भनी जिज्ञासा राखिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP