शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारका मन्त्रीहरुले प्रधानमन्त्रीकै स्पिडमा काम गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले पनि काम गर्न नसकेको खण्डमा व्यवस्था र अवस्थामा निकै ठूलो असर पर्ने बताएका हुन् । कांग्रेस–एमालेसहितको गठबन्धन २०८४ सम्मै जाने र यसको विकल्प अहिले नरहेको बताए ।

‘कुरा गरेर, भाषण गरेर, सामाजिक सञ्जालमा लेखेरमात्र, उग्र कुरा गरेर मात्र मुलुक बन्दैन । केही न केही सकारात्मक कुराहरु गर्न सिकौं । दुई तिहाइ नजिकको सरकारमा हामी छौं । यो सरकारको विकल्प छैन । यो सरकार पनि फेलियर भयो भने मुलुकको अवस्था र व्यवस्था दुवैमा धेरै ठूलो असर पर्न सक्छ । दुईटा ठूला राजनीतिक दलले पनि काम गर्न सकेनन् भनेदेखि नराम्रो असर पर्छ । यसको विकल्प छैन, अझ सुधार गर्नुपर्छ । सरकारले गियर परिवर्तन गर्नुपर्छ । मन्त्रीहरु प्रधानमन्त्रीकै स्पिडमा जानुपर्यो । कहाँ कुहिरोको कागजस्तो देखेको छु,’– उनले भने ।

साथै, गभर्नर नियुक्तिको विषयमा भने देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा समेत बेइज्जती भएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाबीच कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर बनाउने सहमति भएको र सोही बमोजिम डा.गुणाकर भट्टलाई प्रस्ताव गरिएको पनि उनले बताए । सोहीअनुसार डा.भट्टले पनि नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएको नेता खतिवडाले बताए । कामु गभर्नर डा.निलम ढुङ्गानाले राजीनामा स्वीकृत नगरेको कारण नयाँ नाम प्रस्ताव गरिएको उनले बताए । गभर्नर नै नियुक्ति गर्न नसक्ने सरकारले के गर्ला भन्ने म्यासेज जान थालेकाले छिटोभन्दा छिटो नियुक्ति टुङ्ग्याउनुपर्ने उनले बताए । अहिले विश्व पौडेलको नाम गभर्नरको लागि प्रस्ताव गरिएको र सम्भावना धेरै अगाडि बढेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP