मंगलबार , असार १६, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता समीकरण शेरबहादुर देउवा र केपी शर्मा ओलीको बुद्धिले नबनेको दाबी गरेका छन् । आज (शनिबार) पाँचथरको फिदिममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली–देउवालाई दलाल र विचौलियाहरुले एक ठाउँमा ल्याइदिएको दाबी गरेका हुन् ।

‘पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने भनेको कम्तिमा पनि कांग्रेस–एमालेले भन्ने गरेको संसदीय लोकतन्त्रमा त विलकूल हुँदैन । नकारात्मक काम उहाँहरुले गर्नुभयो । तर, त्यो काम उहाँहरुको बुद्धिले गरेको मलाई लाग्दैन । तपाईँहरुलाई कत्तिको थाहा छ, मैले त नजिकबाट हेरेको छु, थाहा पाएको छु । उहाँहरुलाई दलालहरुले आफ्नो ठाउँमा बोलाएर खरिद गरे । दलालहरुले आफ्नो होटलमा मिटिङ बसाएर उनीहरुलाई मिलाइदिए,’– उनले भने ।

साथै, कांग्रेस–एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने उनको दाबी छ । अध्यक्ष प्रचण्डले माओवादीले कहिले एमाले, कहिले कांग्रेससँग मिलेर उनीहरुलाई ठूलो दल बन्न सहयोग गरेको बताए । तर, कांग्रेस–एमालेले भने माओवादीविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको उनले बताए । प्रचण्डले कांग्रेस–एमालेलाई बुर्जुवाको संज्ञा दिँदै अब उनीहरुको वैशाखीमा चुनाव नलड्ने बताए ।

‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्छ । हामी सरकार ढाल्न अहिले हतारोमा छैर्नौं, जनतासँग ठीक छौं । मैले सुरुदेखि नै भनेको छु– हामीले कहिले कांग्रेससँग कहिले एमालेसँग समीकरण गरेर उहाँहरुलाई ठूलो बनाउन हामी लाग्यौं । हामीलाई सानो बनाउन उनीहरुले षड्यन्त्र गरे । सायद हामी त्यहाँ कहीँ न कहीँ चुक्यौं । त्यसबाट शिक्षा लिएर हामीले संकल्प गर्यौं, अब यी बुर्जुवाहरुको वैशाखी टेकेर चुनावमा गइने छैन । हामी आफ्नै खुट्टामा उभिएर फेरि एकचोटी ०६४ जस्तैगरी निर्वाचनमा जानेछौं,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP