शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो पार्टीको कारणले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा ढिलाई नभएको स्पष्ट पारेका छन् । उनले भने,‘हामीले पनि गभर्नर नियुक्ती छिट्टै हुनुपर्छ भनिराखेका छौं त, हाम्रो कारणले ढिलाई भएको होईन । हामीले प्रधानमन्त्रीजीलाई भनिराखेका छौं कि यसमा चाँडो टुँगो लाग्नुपर्छ । धेरै अगाडि हुनुपर्दथ्यो, हामीले भनिराखेका छौं ।’

पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । गभर्नर नियुक्ती त करिब दुई महिना ढिला भयो नि त भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘त्यही त यो गर्नुहुँदैन थियो । ढिला गर्नुहुँदैन थियो । नेपाली कांग्रेसको कारणले यो ढिला भएको छैन् ।’

उनले आफूहरुले तत्कालै गभर्नर नियुक्ती टुँगो लगाउन चाहेको स्पष्ट पारे । फरक प्रसंगमा उनले कांग्रेस आतंकवादको खिलाफमा रहेको स्पष्ट पारे । उनले आतंकवादको खिलाफमा हुने कुनैपनि कदममा आफूहरु साथमा रहने सुनाए । उनले आतंकवादले कसैलाई पनि फाईदा नगर्ने टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP