आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज (शुक्रबार) राष्ट्रपति पौडेल भेट्न प्रचण्ड शीतल निवास पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्तामा अन्य कुरा के–के भए भन्ने खुलाइएको छैन ।

सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेको बेलामा प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुलाई विशेष रुपमा हेरिएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पछिल्लो समय सत्तारुढ दल कांग्रेस र एमालेबीच सम्बन्ध चिसिएको छ । सभापति शेरबहादुर देउवा कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर हुनुपर्ने अडानमा छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने गभर्नर नियुक्तिमा आनाकानी गरिरहेका छन् । गभर्नर नियुक्तिकै सन्दर्भलाई लिएर देउवा–ओलीको सम्बन्ध चिसिएको समेत राजनीतिक बृत्तमा चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP