मंगलबार , असार १६, २०८३

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंका सुकुम्वासी वास्तीमा सरकारले खानेपानी नदिएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,‘काठमाडौंको सुकुम्वासी बस्तीमा खानेपानी छैन, म सरकारलाई सोध्न चाहन्छु कि सुकुम्वासी बस्तीमा खानेपानी किन रोक्नुभयो ? खानेपानी त दुश्मनलाई पनि रोक्ने गरिँदैन्, तर, सरकारले आफ्नै देशका नागरिकलाई खानेपानी रोकेको सुन्दा असाध्यै दुःख लागेको छ ।’

खानेपानी त नागरिकको मौलिक हक भएको उल्लेख गर्दै साहले त्यो हक सुकुम्वासी बस्तीमा नागरिकको लागि प्रत्याभूति हुँदैन र भन्ने प्रश्न गरे । उनले भने,‘सुकुम्वासीहरुको भोट लिने, श्रम पनि लिने, उनीहरुसँग कर पनि लिने, अनि उनीहरुलाई खानेपानी पनि नदिने, यो सामान्य अपराध होईन । यो सरकारले मानवताविरोधी अपराध गरेको आभास हुन्छ ।’

उनले आजको २१औं शताब्दीमा शुद्ध पिउने पानीबाट नागरिकलाई बञ्चित गरिनु कुनैपनि बहानामा उचित कार्य नभएको भन्दै निन्दा गरे । उनले यो विषयमा सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने पनि उनको माग छ । काठमाडौंका सुकुम्वासी बस्तीमा खानेपानीमात्रै नभएर विद्युतको पहुँचपनि नपुगेको उनको टिप्पणी छ । उनले भने,‘के सरकारमा मानवता मरेकै हो र ? होईन भने यसरी खानेपानी र विद्युतको पहुँच सुकुम्वासी बस्तीमा किन पुर्याईन, उनीहरु पनि हाम्रै दाजुभाई तथा दिदिबहिनी हुन, नेपाली नागरिक नै हुन् । नेपाली नागरिकलाई यी सुविधाबाट बञ्चित नै गर्ने हो भने उनीहरुबाट कर किन लिनुहुन्छ ? करको दायराबाट पनि बाहिर गरिदिनुहोस ।’ उनले राज्यको सुविधा सुकुम्वासी बस्तीमा पनि पुग्नुपर्ने आवश्यकत्ता औंल्याए ।

उनले भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा निधन भएकी पर्सा वीरगञ्जकी प्रिसा साहको निधन भएको घट्नाप्रति दुःख व्यक्त गर्दै मृत्तकप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै, पूर्वमन्त्री साहले उक्त घट्ना कसरी भएको हो ? त्यसको छानबिन कहाँ पुग्यो ? भन्नेबारे सरकारसमक्ष जवाफ पनि मागे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP