मंगलबार , बैसाख २३, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादीले चाहेको खण्डमा जादु चल्ने, तर अहिले आफूहरुको ध्यान त्यतातिर नरहेको बताएका हुन् । ‘जादु चलाउन चाहे त चल्छ, अहिले चलाउने पक्षमा छैनौँ,’– प्रचण्डले भने ।

उनले अहिले आफूहरु सरकारको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा अरु कसैलाई पनि फकाउने पक्षमा नरहेको बताए । वर्तमान सरकार आफ्नै बोझको कारणले ढल्ने भने निश्चित रहेको उनले बताए । अध्यक्ष प्रचण्डले जनताको मनमा भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलिसकेको दाबी गरे ।

प्रचण्डले अहिले माओवादीको ध्यान सरकार बनाउने र गिराउने भन्दा पनि जनतातिर केन्द्रीत रहेको र आगामी जेठ महिनादेखि मध्यपहाडी लोकमार्ग अभियानमा जाने तयारी रहेको बताए ।
Fie photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP