आइतबार , भाद्र १४, २०८३

वैदेशिक रोजगारीबाट विदामा फर्किएका एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाट दुर्व्यवहारमा परेका छन् ।

दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका हुन् ।

उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा राखेको भिडियो ३० लाख पटकभन्दा बढी हेरिएको छ । ओझाका अनुसार, १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए ।

‘पहिले त्यसरी ल्याउन मिल्थ्यो, मैले त्यही हिसाबले ल्याएँ’, उनी भन्छन्, ‘सुरुमा उसले ट्याक्सी चाहिने हो भन्दै सोधेको थियो, चाहिँदै भनेपछि विवाद सुरु भएको थियो ।’

आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै दुर्व्यवहार गरेको उनी बताउँछन् । उनले त्यसबारे भिडियो बनाइरहेका थिए, त्यसबेला प्रहरीले मोबाइल खोस्न खोजेको देखिन्छ । सँगै रहेकी उनकी पत्नीले ओझालाई रोक्न खोजेको पनि देखिन्छ ।

तर, रिसाउँदै आएका तीन जना प्रहरीले उनको हात पछाडि राख्छन् र तान्दै विमानस्थलको भवनभित्र लैजान्छन् । त्यहाँ उनलाई लछारपछार गरेको देखिन्छ । ओझाका अनुसार, उनलाई त्यहाँ पेटमा र खुट्टामा प्रहरीले हानेको थियो । ‘आफ्नै देश आउँदा मलाई यस्तो व्यवहार गरियो’, उनी भन्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले भने उनले त्यसअघिबाटै विमानस्थलका कर्मचारीहरुसँग विवाद गरेको दाबी गरेको छ । एक प्रहरी अधिकृत भन्छन्, ‘प्रहरीलाई विवाद गरेको छ, जुत्ता खोलेर हान्न खोजेको छ । त्यसपछि भित्र ल्याएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP