शनिबार , भाद्र १३, २०८३

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन्।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि बालेनले ‘राजा फर्काउँछु भन्ने, राजा नचाहिने र राजालाई मार्छु भन्ने तीनवटै दल सरकारमा समावेश भएको’ भन्दै टिप्पणी गरेका हुन्। यस्तै गठबन्धनले जनतालाई सधैं सास्ती हुने गरेको पनि उनले लेखेका छन्।

‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा। हामी प्रजा सधैं सास्तीमा,’ उनले आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

नयाँ गठबन्धन सरकारमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको सहभागिता छ।

आइतबार साँझ नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन‍्।

यसअघि शनिबार पनि बालेनले जननिर्वाचित नयाँ सांसदहरूलाई ‘गफाडी’ भनी टिप्पणी गरेका थिए।

उनले कवितात्मक शैलीमा लेखेका थिए, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश, उही पुराना व्यापारीहरू।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP