मंगलबार , बैसाख २९, २०८३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । रमाइलो यात्रा पनि होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । घरमा झैझमेलाको अवस्था आउनसक्छ । दिनको उत्तरार्धमा बढी खर्च होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक सद्भाव बढ्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । धार्मिक यात्रा तय होला । साथीबाट सहयोग पनि मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै कुराले सङ्कटको सामना गर्नुपर्ने अवस्था आउनसक्छ । कडा मिहिनेत र लगनशीलताले मात्र गरिएको कामबाट लाभ मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP