शनिबार , भाद्र १३, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा‘एमाले जनताको रोजाईको पहिलो पार्टी’कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार गठनको फोहोरी खेलमा एमाले नलाग्ने बताएका हुन्।

ओलीले एमाले सरकार कसको बन्छ भन्ने चिन्ता भन्दापनि देशको भविष्य र जनताको भविष्यप्रति चिन्ता रहेको उल्लेख गरे। उनले राजनीतिक क्षेत्रमा अस्थिरता बढेकाले स्थिरतातर्फ लैजानुपर्ने आवश्यक रहेको उल्लेख बताए। एमाले सत्तामा वा प्रतिपक्ष जहाँ रहे पनि राष्ट्रियता, लोकतन्त्र, सुशासन र सामाजिक स्थिरताका पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पारे।

जनताको सार्वभौम अधिकारको हनन गरेर एमालेको हातबाट विजयी खोसिएको उनको दाबी छ । ‘हामीले बहुमत प्राप्त नगरेका होइनौँ तर हाम्रो विजय खोसिएको छ।’ नवनिर्वाचित सांसदलाई उनले भने, ‘अफवाहको दुष्चक्रबाट यहाँ आइपुग्नु भएको सबैलाई बधाई।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP