मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भारी मतका साथ संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुने दावी गरेका छन्।
देउवाको समर्थक रहेका नेता खड्काले सञ्‍चारकर्मीसँगै कुरा गर्दै देउवालाई अधिकांश सांसदको साथ रहेको बताए।

नेता खड्काले राजनीतिक दल र मुलुकलाई एकताबद्ध गर्न देउवाले दलको नेतामा उम्मेदवारी दिएको स्पष्ट पारे।

‘गठबन्धन दललाई मिलाउन देउवाले सक्नुहुन्छ,’ उनले भने,’ अन्य दलले पनि उहाँलाई स्वीकार्नुहुन्छ। त्यसले देउवाजी भारी मतका साथ दलको नेता चुनिनुहुन्छ।’

संस्थापन पक्षबाट देउवाले संसदीय दलको नेताका लागि उम्‍मेदवारी दर्ता गराएका छन्। उनको समर्थकमा उपसभापति खड्का र प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन्।

दलको नेतामा देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्।

उनले देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि महामन्त्री थापाले सञ्‍चारकर्मीसँग कुरा गर्दै संसदीय दलको उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गरेका हुन्।

संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको थियो।

उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP