सोमबार , बैसाख ८, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन भावुक र उत्ताउलो बन्ने छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुबिधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ कार्यको योजना बन्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्ने छ । जोश, जाँगर पनि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मिष्ठान्न भोजनको अवसर मिल्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । आफूले अरुलाई प्रभावित पारेर काम बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । पढाइमा प्रगति नै हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP