सोमबार , बैसाख ८, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सहयोगी हातहरू अघि बढ्ने छन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । आम्दानी बढाउने कामको योजना गर्न सकिने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आँटेको र ताकेको कार्य अघि बढ्ने छ । पारिवारिक सहयोग र सद्भाव बढ्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विद्या र बुद्धिको कमी हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनसक्छ । स्वास्थ्यमा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धर्म, कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने छ । झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ । योजना गोप्य राखेर अघि बढ्नु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश, जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग पनि मिल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP