मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बीच खिन्नता पनि बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ । लामो दूरीको यात्रामा पनि समस्या हुनसक्छ, साँझमा भने शुभ समाचार मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परिवारबाट सहयोग मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहने र काममा सहजता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP