शनिबार , भाद्र १३, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुनै समाचारले मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्ने छ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लाभ–हानी, सुख–दुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नजिकैका व्यक्तिबाट साथ र सहयोग पनि पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्ने छ । पुँजी बजारले साथ दिनेछ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । नयाँ काममा हात हाल्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पनि पुरा होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज जीवन साथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ने छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कुनै शुभ समाचारले मनमा शान्ति छाउने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP