मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । शुभारम्भको चर्चा चल्ने छ । आँटेको काम पुरा नै होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । भूमिबाट लाभ नै रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा होला । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनु पर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्रमा रूचि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम बिग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । पारिवारिक साथ पनि मिल्ने देखिन्छ । स्वास्थ्यमा लाभ मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर कुनै कुराले मन खुशी हुने र साँझमा शुभ समाचार पनि पाइनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP