शनिबार , भाद्र १३, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नाता कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिना मसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्ने छ । धार्मिक कार्यमा संलग्न भइने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कला र गलाको प्रभाव बढ्ने छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ । सजिलै अरूको मन जित्न पनि सकिने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कसै सैलाई परदेशी घर फर्कने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउने छ । समाज र परोपकारका पनि समय बित्न सक्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजको समय मध्यम खालको छ । आँटेको काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्राविधिक कार्यमा लगाव बढ्ने छ । धन सञ्चयको अवसर प्राप्त हुने तथा व्यवसायिक लाभ हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP