सोमबार , बैसाख ८, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कला र गलाको प्रभाव बढ्ने छ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । धार्मिक यात्राको योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ने छ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । शिक्षामा सफलता मिल्ला । धनमाल पनि हात लाग्न सक्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा सफलता र लाभ नै मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरू अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज राजनीति अधिकारमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनमा विना कामका चिन्ताले सताउने छन् । नजीकका व्यक्तिहरु सँग झगडा पर्न सक्ने छ, साँझमा भने कतैबाट शुभ समाचार सुन्नमा आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लगानीको वातावरण बन्ने छ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP