मंगलबार , बैसाख ९, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाइनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज घरमा अतिथिको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ने छ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कुनै कुराले मनमा शान्ति छाउला । प्रेम जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । भोज भतेरमा सहभागी भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
न्यायिक कार्यमा सफलता मिल्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्न ेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । लाभदायक यात्रा पनि रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज छोटो दूरीको लाभदायक यात्रा रहला । कुनै कुराले मनमा शान्ति छाउने छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभ–हानी, सुख–दुःख बराबरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा केही पैसा हातपार्न पनि सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । दैनिक कार्यमा प्रगति र सफलता मिल्ने छ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP