मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउने छ । पारिवारिक सहयोग पनि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । घरमा अतिथिको आगमन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
जोश, जाँगर र हिम्मत बढ्ने छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने र तीर्थाटनको योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सद्भाव बढ्ने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । सहयोगी हातहरू अघि बढ्ने छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज इच्छा र आकांक्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्ने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन माध्यम नै रहने छ । कुनै काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP