मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला । नयाँ र शुभकार्यको चर्चा चल्ने छ । सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बन्धुबान्धवबाट सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । मित्रबाट विशेष सहयोग मिल्न सक्छ । सामाजिक कार्यमा पनि मन जाला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभअशुभ समाचार सुनिएला । लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट पनि रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै समाचारले मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

jagdamba.cement
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्ने छ । नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ने छ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । व्यापार व्यवसायमा फाइदा होला । वाहन सुख मिल्ने छ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय पनि छ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज प्रिय व्यक्तिसँग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । शैक्षिक पक्ष कमजोर हुनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आत्मिक सन्तुष्टि मिल्ने छ । विद्यामा सफलता पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP