मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज महत्वपूर्ण अवसर गुम्न सक्छ । सौन्दर्यतामा र साँझमा अधिक पैसा खर्च हुने योग छ, आफन्तको सल्लाह लिनु नै उचित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
इच्छा र आकांक्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको व्यक्तिसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको भर पर्दा धोका पाइनसक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ । धनमाल पनि हराउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभ समाचार सुन्न पाइएला । प्यारो साथीसँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा पनि सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भाग्यलाई बलियो बनाउन दिनदुःखीलाई खुशी बनाउनु पर्दछ । घरमा कुटुम्बको आगमन हुनसक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । प्रेम सम्बन्ध पनि ठिकै हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको कामले तीव्रता लिनेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आकस्मिक धन लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । मनोरञ्जनमा सहभागिता भइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । मन मिल्ने प्यारो साथीसँग भेट होला । नयाँ काम सुरु गर्ने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज प्रतिष्ठित काम सुरु गर्ने मौका छ । पराक्रम र उत्साह बढ्ने छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त होलान् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP