मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाहन सुख पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्ने छ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पद, प्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म, कर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्ने छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक काम पूरा हुनेछन् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP