शनिबार , भाद्र १३, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । शेयर बजारमा रुचि बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सामाजिक कार्यमा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइनसक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको योजना बन्ने छ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर साँझमा काम बन्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । न्यायिक कार्यमा सफलता पनि मिल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP