मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग पनि पाइएला ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान हराउने वा चोरी हुने भय छ । टाउको दुख्ने तथा रुघा लाग्ने जस्तै समस्याले सताउन सक्छ, तर शेयर बजारबाट लाभ भने मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वास बढ्ने छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसँग भेट पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सानातिना बाधा अड्चन आइलागे पनि काम रोकिने छैन । विद्या र बुद्धिको विकास हुनेछ । पुँजी बजारको क्षेत्रबाट सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनु पर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आस्था पनि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । शुभ कार्य पनि होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सौन्दर्यतामा धन खर्च हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सांस्कृतिक क्षेत्रबाट सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज कुनै समाचारले शान्ति छाउने छ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP