मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ, साँझमा भने कार्य सम्पादनमा सहजता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिने समय छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय तथा स्वास्थ्य अनुकूल छैन । पढाई लेखाइमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ, तर यात्राको अवसर भने मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभकार्यको चर्चा चल्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । बन्द–व्यापार र पेसा–व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्ने छ र सामान पनि हराउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या पनि समाधान हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP