मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अधुरो काम पूरा नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ, तर आशीर्वादले काम गर्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज काममा केही चुनौती आइलाग्छन् । मन खिन्न हुने स्थिति आउन सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल भने गर्नुपर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पराक्रम र उत्साह बढ्ने छ । प्रतिस्पर्धी परास्त होलान् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आम्दानी प्रशस्तै बढ्ने छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । बोलीको प्रभाव पनि बढ्ने छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
महत्वाकांक्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्ने छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP