मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने छन् । दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज महिला वर्गबाट विषेश सहयोग मिल्ने छ । कला र साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । सफल र रमाइलो यात्राको योग पनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मन खिन्न हुने स्थिति आउनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु होला । राजनीतिक कार्यमा बाधा आउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धार्मिक कार्यमा रुचि बढ्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । समाजसेवामा मन लाग्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कुनै कुराले मनमा शान्ति छाउला । कार्यमा सफलता पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । साथीभाइ तथा कुटुम्बको सहयोग मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । पुँजी बजार या शेयर बजारको क्षेत्रमा सफलता मिल्ने छ । मुद्दा मामिलामा पनि विजयी भइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आत्मबल बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको र ताकेको कार्यहरू पुरा होलान् । नयाँ कार्यको योजना बन्ने छ । वस्त्र एवं अलङ्कार प्राप्ति हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शत्रुबाट छुटकारा मिल्ने छ । सन्तान सुख पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP