मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । झैझमेलाको अवस्था पनि आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । सफल यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्ने छ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोट पटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभा समारोहमा सरिक हुने अवसर मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिने छ । आकस्मिक धन लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज छोटो दूरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । वस्त्र लाभ पनि हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । विशेष यात्रा पनि हुनसक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभकार्यमा सहभागिता जनाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्ने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP