शनिबार , भाद्र १३, २०८३

आज २०७९ साल असोज २ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : मन प्रसन्न हुनेछ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या आउनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।

वृष : बोल्दा ख्याल गर्नुहोला। साथीहरुभन्दा अरुबाट सहयोग मिल्नेछ। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्।

सिंह : प्रसन्नता बढ्नेछ। पुराना रोगबाट छुटकारा मिल्नेछ। शत्रु नाश हुनेछ। स्वास्थ्यमा समस्या देखिन्छ।

कन्या : दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।

तुला : शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।

वृश्चिक : पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।

धनु : सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ। सहयोगी बढ्नेछन्।

मकर : मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।

कुम्भ : आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ। उत्साह बढ्नेछ।

मीन: खर्च बढ्नेछ। भगवान शिवजीको स्मरण गरेरको थालेको काममा सफलता मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP