मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कामको चापले धपेडी हुनसक्छ । निणर्य कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्ने छ, तर धर्म र आस्थामा मन जानेछ समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति हुनेछ ।

city
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभ-हानी, सुख-दुःख बराबरी खालको समय छ । यात्रामा बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामले पनि गति लिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
जोश, जाँगर र हिम्मत बढ्ने छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, तर आफन्तको साथ र सल्लाह भने पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्त र मित्रसँग भेटघाट हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वादिष्ट भोजनको अवसर मिल्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP