मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा लिरभपुल ४-१ गोलअन्तरले पराजित भएको हो ।

योर्गन क्लपको टोली पहिलो हाफमा नै ३-० गोलले पछि परेको थियो । गोलकिपर एलिसनले पेनाल्टी नरोकेको भए र भर्जिल भान डाइकले गोल लाइनबाट ब्लक नगरेको भए लिभरपुलले थप गोल खाने थियो । पिओटर जिलिन्स्कीले पाँचौँ मिनेटमा नै पेनाल्टीमार्फत नापोलीलाई अग्रता दिलाएका थिए । १८ औँ मिनेटमा भिक्टर ओसिम्हेनले पेनाल्टीबाट अग्रता दोब्बर गर्ने मौका गुमाए । तर आन्द्रे फ्रांक एन्गुइसा र जियोभानी सिमिओनीले गोल गर्दै नापोलीको अग्रता फराकिलो बनाए ।

च्याम्पियन्स लिगमा पहिलो हाफमा लिभरपुल पछि परेको सन् २०१४ पछि यो पहिलो पटक थियो । दोस्रो हाफमा जिलिन्स्कीले अर्को गोल थपे । तर लगत्तै लिभरपुलका लागि लुइस डियासले गोल फर्काए । समूहकै अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ४-० को अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP