सोमबार , बैसाख २९, २०८२

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो पार्टीको कारणले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा ढिलाई नभएको स्पष्ट पारेका छन् । उनले भने,‘हामीले पनि गभर्नर नियुक्ती छिट्टै हुनुपर्छ भनिराखेका छौं त, हाम्रो कारणले ढिलाई भएको होईन । हामीले प्रधानमन्त्रीजीलाई भनिराखेका छौं कि यसमा चाँडो टुँगो लाग्नुपर्छ । धेरै अगाडि हुनुपर्दथ्यो, हामीले भनिराखेका छौं ।’

पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । गभर्नर नियुक्ती त करिब दुई महिना ढिला भयो नि त भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘त्यही त यो गर्नुहुँदैन थियो । ढिला गर्नुहुँदैन थियो । नेपाली कांग्रेसको कारणले यो ढिला भएको छैन् ।’

उनले आफूहरुले तत्कालै गभर्नर नियुक्ती टुँगो लगाउन चाहेको स्पष्ट पारे । फरक प्रसंगमा उनले कांग्रेस आतंकवादको खिलाफमा रहेको स्पष्ट पारे । उनले आतंकवादको खिलाफमा हुने कुनैपनि कदममा आफूहरु साथमा रहने सुनाए । उनले आतंकवादले कसैलाई पनि फाईदा नगर्ने टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP