शनिबार , बैसाख २७, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज (शुक्रबार) राष्ट्रपति पौडेल भेट्न प्रचण्ड शीतल निवास पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्तामा अन्य कुरा के–के भए भन्ने खुलाइएको छैन ।

सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेको बेलामा प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुलाई विशेष रुपमा हेरिएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पछिल्लो समय सत्तारुढ दल कांग्रेस र एमालेबीच सम्बन्ध चिसिएको छ । सभापति शेरबहादुर देउवा कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर हुनुपर्ने अडानमा छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने गभर्नर नियुक्तिमा आनाकानी गरिरहेका छन् । गभर्नर नियुक्तिकै सन्दर्भलाई लिएर देउवा–ओलीको सम्बन्ध चिसिएको समेत राजनीतिक बृत्तमा चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP