मंगलबार , असार १६, २०८३

परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्णरुपमा सचेत रहेको बताएको छ । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीहरु निरन्तर रुपमा दूतावासको सम्पर्कमा रहेको बताउको हो ।

परराष्ट्रले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त र त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्नसमेत भनेको छ ।

पछिल्लो समय भारत र पाकिस्तानबीच द्वन्द्व सुरु भएको छ । केही समयअघि जम्मू कश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट एक नेपालीसहित कम्तिमा पनि २६ जनाको मृत्यु भएको थियो । भारतले उक्त हमला पाकिस्तानले गराएको दाबी गर्दै जवाफी कारबाही गरेको थियो ।

भारत र पाकिस्तानबीच द्वन्द्व बढिरहँदा ती देशमा रहेका नेपाली नागरिकहरुको जिउ धनको सुरक्षा र उनीहरुको उद्दारको सम्बन्धमा प्रतिनिधि सभामा सांसदहरुले सरकारको ध्यानाकार्षण गराउँदै आएका छन् । विभिन्न सरोकारवाला निकायहरुले प्रश्न उठाएपछि सरकारले पाकिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे बोलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP