शुक्रबार , बैसाख २६, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई शीर्ष नेताहरुको भेटवार्ता भएको हो । मन्त्रिपरिषद्को बैठकअघि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सन्दर्भमा देउवा–ओलीीच छलफल भएको बताइएको छ ।

निवर्तमान गभर्नर गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको एक महिना वितिसक्दा पनि सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । कानुनतः गभर्नरको कार्यकाल सकिन एक महिना बाँकी रहँदै नयाँ नियुक्ति गर्नुपर्ने हुन्छ ।

देउवा–ओलीको उक्त छलफलमा गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि सहभागी छन् । कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर नियुक्त हुनुपर्ने देउवाको अडान छ । देउवाले डा.गुणाकर भट्ट र ज्ञानेन्द्र ढुङ्गानाको नाम दिएको बताइएको छ । दुईमध्ये एक जनालाई आज सरकारले गभर्नर नियुक्त गर्न सक्ने स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP