मंगलबार , अषोज २७, २०८३

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई शीर्ष नेताहरुको भेटवार्ता भएको हो । मन्त्रिपरिषद्को बैठकअघि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सन्दर्भमा देउवा–ओलीीच छलफल भएको बताइएको छ ।

निवर्तमान गभर्नर गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको एक महिना वितिसक्दा पनि सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । कानुनतः गभर्नरको कार्यकाल सकिन एक महिना बाँकी रहँदै नयाँ नियुक्ति गर्नुपर्ने हुन्छ ।

देउवा–ओलीको उक्त छलफलमा गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि सहभागी छन् । कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर नियुक्त हुनुपर्ने देउवाको अडान छ । देउवाले डा.गुणाकर भट्ट र ज्ञानेन्द्र ढुङ्गानाको नाम दिएको बताइएको छ । दुईमध्ये एक जनालाई आज सरकारले गभर्नर नियुक्त गर्न सक्ने स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP