मंगलबार , अषोज २७, २०८३

परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी हमलामा परी नेपाली सुदिप न्यौपानेसहित २६ जनाले ज्यान गुमाएको यस दुःखद् घडीमा भारत र नेपाल दुवै एक ठाउँमा उभिएको र दुःख सहेको पनि उल्लेख गरिएको छ ।

उक्त आतंकवादी हमलाको नेपालले तत्कालै एकस्वरमा निन्दा गरेको पनि परराष्ट्र मन्त्रालयले स्मरण गराएको छ । नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा रहेको पनि प्रतिबद्धता सुनाईएको छ । आतंकवादविरुद्धको लडाईंमा नेपाल सबैको साथमा रहने पनि मन्त्रालयले भनेको छ । नेपाल आफ्नो भूमि छिमेकीहरुविरुद्ध प्रयोग गर्न नदिने पूर्ववत् सिद्धान्तप्रति कटिबद्ध रहेको भनिएको छ । नेपालले बढ्दो तनावको अन्त्यसँगै यो क्षेत्रमै शान्ति र स्थायित्व चाहेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP