
उक्त आतंकवादी हमलाको नेपालले तत्कालै एकस्वरमा निन्दा गरेको पनि परराष्ट्र मन्त्रालयले स्मरण गराएको छ । नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा रहेको पनि प्रतिबद्धता सुनाईएको छ । आतंकवादविरुद्धको लडाईंमा नेपाल सबैको साथमा रहने पनि मन्त्रालयले भनेको छ । नेपाल आफ्नो भूमि छिमेकीहरुविरुद्ध प्रयोग गर्न नदिने पूर्ववत् सिद्धान्तप्रति कटिबद्ध रहेको भनिएको छ । नेपालले बढ्दो तनावको अन्त्यसँगै यो क्षेत्रमै शान्ति र स्थायित्व चाहेको पनि उल्लेख गरिएको छ ।